Kath Khabar
वियोगान्त कथामा प्रस्तुत गरिएको ‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं, साउन ९ । ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको छ । भीम बिसीले संगीतवद्ध गरेको यस गीतमा पत्रकार  शिवराज योगीको शब्द रहेको छ । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ ।

वियोगान्त कथामा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अप्ठ्यारो अवस्थालाई  झल्काइएको छ । भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गर्नुुभएको हो ।

सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो।  निर्मात्री अधिकारी खेलाडी र मोडल समेत हुन् । हाल जापानमा रहेकी निर्मात्री अधिकारीले आफ्नो पहिलो प्रोजेक्टलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गर्नुभएको छ ।

भिडियो लिंक
https://youtu.be/6vOBN-z5wZs 

 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update