प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
                        
                        
                                                
                                            
                                                                    
                     काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि  अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहनुभएको छ ।
–––
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
