काठमाडौं, साउन १२ । गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।
दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन तथा उज्ज्वल ढकालले सम्पादन गर्नुभएको हो । भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड रहनुभएको छ । अडियो र भिडियो दुवै उत्कृस्ट बनेको कारण दर्शक श्रोताले मन पराउने आशावादीमा रहको गायिका अस्मिता परियारले बताउनुभयो । यसअघि पनि थुप्रै गीतमा स्वर दिई सक्नुभएकी अस्मिताले चलचित्रमा पाश्र्व गायन समेत गरी सक्नुभएको छ ।
भिडियो ट्री इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । ट्री इन्टरटेन्मेन्ट यस अघि थुप्रै म्युजिक भिडियो तथा चलचित्र ’बाग्मती’ र ’एउटा यस्तो प्रेम कहानी’को निर्माण गरीसकेको छ ।