राजेशराज जोशीको स्वरमा “उषाको किरण” सार्वजनिक
काठमाडौ, बैशाख ६
गायक राजेशराज जोशीको स्वर र संगीतमा रहेको “उषाको किरण” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतमा युवतीप्रति प्रेम भाव व्यक्त गरिएको छ । जगदीश आचार्य र गायक जोशीले यो गीतलाई मिलेर लेख्नुुभएको हो । गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ ।
अस्ट्रेलियामा छायांकन गरिएको यो म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । किरण मगरले कोरियोग्राफी गरेको यो भिडियोलाई बिजेश पौडेलले सम्पादन गर्नुभएको हो । सुदिप बिस्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । हाइलाइट्स नेपालको मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ २२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय