Kath Khabar
रवि लामिछानेप्रति सरकारले गरिरहेको निरङ्कुश, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु  - प्रचण्ड
File Photo

                        काठमाडौं, मंसिर २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरेको अमानवीय व्यवहारको विरोध जनाएका छन् । उनले यस्तो व्यवहार तत्काल रोक्न जोडदार माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-

अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update