Kath Khabar
नारायण रायमाझीको ‘कदमको छायाँले’ सार्वजनिक

काठमाडौं, साउन १४ । चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको गीत ‘कदमको छायाँले’ नया भर्सनमा सार्वजनिक भएको छ । कदमको छायाँले आमाको मायाले, तिज विशेष रहेको करिब २० वर्ष अगाडि रेकर्ड भएको गीत नयाँ भर्सनमा सार्वजानिक गरिएको हो । गीतलाई नयाँ एरेन्जमेन्ट सहित भिडियो रीमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो ।

पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिनुभएको थियो । लय पुरानै भएपनि शब्द र भिडियोमा देखिने कलाकारहरु समय सापेक्ष बनाईएको छ । पुनः ताजकी गरीएको गीतमा सुनिता बुढा छेत्रीले स्वर दिनुभएको छ ।

शब्द, संगीत रायमाझी आफैले गर्नुभएको हो भने भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको क्यामेरा, मिराज अर्यालको सम्पादन रहेको भिडियो निर्देशन नारायण रायमाझीले गर्नुभएको हो ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=fQC06R95znY

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update