Kath khabar
श्रावण महिनामा खान नहुने चिजहरु

काठमाडौं, श्रावण १५ । श्रावण महिनालाई एक पवित्र महिनाको रुपमा लिइन्छ । यो महिनामा भगवान शिवको विषेश पूजा आराधना गरिन्छ । त्यसैले यो महिनामा भगवान शिवलाई खुसी पार्नको लागि महिलाहरु व्रत बस्ने गर्दछन् । यो महिनामा उपवास बसेर शुद्ध खाना खानाले पनि जीवनमा सुख समृद्धि प्राप्त हुने विश्वास रहेको छ । धार्मिक, वैज्ञानिक तथा आयुर्वेदको मान्यता अनुसार श्रावण महिनामा के खाने के नखाने भन्ने कुरा उल्लेख गरिएको छ । श्रावण महिना वर्षाको पनि समय भएको हुनाले यो महिनामा संक्रामक रोगहरुको भय पनि हुन्छ । त्यसैले श्रावण महिनामा के खाने र के नखाने भन्ने कुरा जानेर खानपानमा ध्यान दिनु जरुरी हुन्छ ।

बैगुन (भन्टा)
श्रावण महिनामा बैगुन (भन्टा) खानु उपयुक्त मानिदैन । धार्मिक मान्यता अनुसार शिबजीलाई भन्टा चढाईने हुँदा यो महिनामा नखाएकै राम्रो हुन्छ र यो वर्षाको समय भएकोले यसमा धेरै किरा लाग्ने हुँदा यो खानु उपयोगी हुँदैन ।

दूध
धार्मिक मान्यता अनुसार शिवजीलाई दूध चढाइने हुँदा यो महिनामा दूध नपिउनु नै उपयुक्त मानिन्छ । वैज्ञानिक मान्यता अनुसार यो महिनामा गाई भैसीले खाने हरियो घाँसपातमा बढी किरा लाग्ने हुँदा स्वास्थ्यको हिसाबले यो महिनामा दूध नपिउनु नै राम्रो हुन्छ ।

हरियो सब्जी
वर्षा याममा हरियो सागसब्जी स्वास्थ्यको हिसाबले नखाएकै राम्रो हुन्छ । यो महिनामा सागसब्जीमा धेरै किरा लाग्ने हुँदा यसले पेट र छालाको रोग निम्त्याउँछ ।

माछा/मासु
धार्मिक मान्यता अनुसार श्रावण महिना चोखो महिना हुने भएको हुँदा यो महिनामा माछा मासु खानु राम्रो मानिदैंन । वैज्ञानिक आधारले हेर्दा यो महिना माछाले अण्डा दिने समय हो । मानिसको शरीरको लागि माछाको अण्डा हानिकारक हुने भएकोले यो महिनामा माछा खानु उपयुक्त हुँदैन ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update