Kath Khabar
बोकेदाह्रीको नयाँ गीत ‘केराको थम्बा’ सार्वजनिक 

काठमाडौं, साउन १७ । चर्चित हास्य-व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत सार्वजनिक गर्नुुभएको छ । ‘केराको थम्बा’ नामको गीत उहाँले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो । 

गीतमार्फत मनोरञ्जनका साथै सन्देश समेत दिन खोजेको लुइँटेल बताउनुहुन्छ । प्रतिक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, संगिता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ ।

गीतको भिडियो केशव रायमाझीले निर्देशन गर्नुभएको हो । लुइँटेलका यसअघिका झापा सुरुंगा, तेरो बाउ थोते, बाँके बर्दिया, ए बाउ किन्देउन भटभटे लगायत दर्जनौं हास्य गीतहरु सर्वाधिक लोकप्रिय लोकप्रिय भइसको छन् । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=HAnk9nk8HgE

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update