
काठमाडौं, साउन १७ । हाँस्य कलाकार किरण केसी (राता मक्कै)ले यस वर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ प्राप्त गर्ने हुनुुभएको छ । ‘वासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरी कलाकार केसीले प्रदान गर्ने जानकारी दिएको छ । हाँस्यब्यङ्ग्य कला, अभिनय साहित्यको क्षेत्रमा कार्यरत सिर्जनशिल प्रतिभाहरुमध्येबाट एक जनाको छनोट गरि गुठीले पुस्कार प्रदान गर्दैै आएको पाउन सक्छौं ।
पुरस्कार प्राप्त गर्ने भए सँगै कलाकार केसीले अबका दिनमा कला क्षेत्रमा दिनुपर्ने योगदान बढेको बताउनु भयो । कलाकारिताले समाजलाई डोहोर्याउने हुदाँ कला क्षेत्र हिजो, आज र भोलिका दिन अर्थात् सदैव महत्व हुने उहाँको भनाई छ ।