Kath Khabar
गायक किरण गजमेरको “किन मायाँमा” सार्वजनिक

काठमाडौ, बैशाख ७ । गायन रियालिटी शो ’द भोइस अफ नेपाल’ मा आफ्नो गायिकी मार्फत धेरैको मन जित्न सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो “किन मायाँमा” सार्वजनिक गर्नुुभएको छ ।
हृदयस्पर्शी यो गीतमा गोपाल लोहारको शब्द रहेको छ भने वसन्त सापकोटाको संगीत रहेको छ । यो गीतलाई बिशम आचार्यले संगीत संयोजन गर्नुुभएको हो । त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।
श्याम तामाङ्गले छायांकन गर्नुभएको यो भिडियोलाई बिकाश दहालले सम्पादन गर्नुुभएको हो । श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रोडक्सनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको  हो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update