
काठमाडौ, बैशाख ७ । विदेशमा बसेर नेपाली सांगीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गित “मिठो धोका” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका सुजाता बर्माको आवाज रहेको छ । गीतकार हिरा काजी थापाको शब्द तथा सुप्रसिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत “मिठो धोका“ को म्युजिक एरेन्ज भने उदयराज पौडेलले गर्नुभएको हो ।
बिगत लामो समयदेखि लन्डनमा बसोबास गर्दे आउनुुभएका हिरा काजी थापा भर्सटायल व्यक्तित्वको रुपमा परिचित हुनुुहुन्छ । लन्डनमा बसेर इन्टरनेटको माध्यमबाट दर्जनौ चर्चित म्युजिक भिडियो निर्देशन गर्न सफल थापाले डिजिटल प्रविधिको भरपुर उपयोग गर्दे फेरी पनि आकर्षक म्युजिक भिडियो लिएर आउनुुभएको हो । छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाइ निर्देशक हिरा काजी थापाले निर्देशन गर्नुभएको हो । त्यसैगरी भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ ।
सार्बजनिक म्युजिक भिडियोमा मोडल भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्री, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ । भिडियोलाई निर्माता समेत रहेका हिरा काजी थापाले नै निर्माण गर्नुभएको हो ।