काठमाडौं, साउन १९ । नेपाली कथानक चलचित्र ‘रिभेन्ज’ को टिजर सार्वजनिक गरिएको छ । हिजो रिलिज गरिएको टिजरमा कलाकार रविन श्रीलाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्यरुपमा केन्द्रित गरेर निर्माण गरिएको छ ।
अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुभिको टिजर ओएस आर डिजिटलबाट रिलिज गरिएको हो । नारीलाई कमजोर सम्झिनेमाथि प्रहार गरिएको रिभेन्ज अब प्रदर्शन को लागि तयार भएको निमार्ण पक्षले बताएको छ । कृष्ण पाण्डेको छायांकन देव महर्जन को द्वन्द, राजन महर्जन को नृत्य सानू हबिकको ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ ।
चलचत्रिमा रोशन बिसी, रबिन श्री, रेनु थापा, विशाल अग्रवाल, खगेन्द्र घिमिरे, गंगा कुवँर, पदम सुनार र अम्बिका खड्काको अभिनय रहेको छ । शंकर अधिकारी घायल, सुभाष गौतम, हरि मानन्धर, बिबसको गीत सन्तोस प्रगाढ, पूर्ण सापकोटा, राजु लामाको संगीतमा नित्याशिवा, दिपक लिम्बु, पुर्ण सापकोटा, दिलु श्रेष्ठको स्वर र राजेन्द्र बजगाईको पाश्र्व संगीत रहेको छ ।
भिडियो लिंक
https://www.youtube.com/embed/alYDH6iyxM4