जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं, वैशाख १० । ललितपुर, गोदावरी नगरपालिका-८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय