Kath Khabar
रिहा हुँदैछन् रेशम चौधरी

                       काठमाडौं, वैशाख १७ ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चाँडै रिहा गरिने भएको छ।  आज पक्राउ परेका चौधरीलाई थुनामा पठाउने पत्र कानुनसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न अर्को पत्र पठाउने तयारी थालेको हो ।

चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्र विवादमा तानिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको मुद्दा अझै न्यायिक समीक्षामा रहेको भए पनि सर्वोच्च अदालतले उनलाई थुनामा राख्न आह्वान गर्दै जारी गरेको पत्रमा यो गिरफ्तारी गरिएको थियो ।

यद्यपि, सर्वोच्च अदालतले पछि पक्राउ पत्रलाई गैरकानूनी ठहर गर्दै चौधरीलाई रिहा गर्न प्रहरीलाई निर्देशन दिँदै दोस्रो पत्र जारी गरेको हो । उनी केही घण्टामै रिहा हुने अपेक्षा गरिएको छ।

पार्टी एकता घोषणा कार्यक्रममा सहभागि हुन प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागार लगिएको थियो  ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update