रेशम चौधरी रिहा
काठमाडौं, वैशाख १७ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि चौधरी रिहा भएका हुन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण सभाबाटै उनलाई तत्काल पक्राउ गरि डिल्लीबजार कारागारमा राखिएको थियो ।
उनलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय