Kath Khabar
सरकारसँग भएको ९ बुँदे सहमति विद्यालय कर्मचारीद्धारा अस्वीकार

                           काठमाडौं, वैशाख १८ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघ बीच भएको ९ बुँदे सहमतिलाई अस्वीकार गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिप्रति आपत्ति जनाएका  हुन् ।

विज्ञप्तिमा उक्त सहमतिप्रति पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गरिएको छ ।  शिक्षक महासंघले समीक्षा बैठक पछि थप कार्यक्रमका विवरणहरू सार्वजनिक गरिने पनि बताएको छ ।

 

111-1746087929.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update