Kath Khabar
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

                      काठमाडौं, वैशाख २१ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहानैदेखि पानी परेकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।

काठमाडौंबाट लुक्लाका लागि तय भएको एउटा उडान र रुकुमको उडान पनि डिले भएकाे विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ कुवेतबाट आएको जजीरा एयरको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको वनारस 'डाइभर्ट' गरिएको छ ।

आन्तरिकतर्फ बुद्ध एयरको विमान डाइभर्ट भएको छ । रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । यस्तै, नेपाल वायुसेवा निगमको काठमाडौं–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

वर्षा रोकिएसँगै काठमाडौं विमानस्थलसहित काठमाडौं बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।
 

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update