Kath Khabar
विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित

                           काठमाडौं, वैशाख २३ । काठमाडौं महानगरपालिका- १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेको छ ।

मंगलबारको वर्षाले सडक जलमग्न बनेपछि सवारी आवागमन प्रभावित भएको छ । जलमग्न सडकका कारण सर्वसाधारणले आवतजावतमा सास्ती भोग्नु परेको छ।

पानीको उचित निकास नहुँदा सडकमा पानी जमेको हो । वर्षायाम सुरु भएसँगै पानी जम्ने समस्या दोहोरिइरहे पनि सम्बन्धित निकायले यसको समाधानतर्फ चासो नदेखाएको स्थानीयवासीको गुनासो छ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update