Kath Khabar
रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

                         काठमाडौं, वैशाख २३ । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएकाे छ । 

७१ वर्षका नेपाल केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई सोमबारआईसीयूमा राखिएको थियो । लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित भएका उनलाई केहि समयअघि निमोनिया पनि भएको थियो ।

बामपन्थी नेता भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update