काठमाडौं, वैशाख २५ । राजावादी पक्षधरले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेको छ ।
राजसंस्था पुनर्स्थापन र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
उक्त आन्दोलन घोषणा गर्दै संयोजक सुवेदीले भनेका छन्, ‘२०८२ जेठ १५ देखि शुरू हुने यो आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन ।’ कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगरी आन्दोलन शान्तिपूर्ण हुने उनले बताएका छन् । आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने उनले जानकारी गराए ।
घोषणासभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देसहित, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट, कलाकार सन्तोष पन्त लगायतकाे उपस्थिति थियाे ।