भारतको उत्तराखण्ड क्षेत्रमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु

भारत, वैशाख २५ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ।
यमुनोत्री धामबाट आउँदै गरेको उक्त निजी कम्पनीको हेलिकप्टरमा सात जना सवार रहेको बताइएको छ । हेलिकप्टर लगभग २५० मिटर गहिरो खोंचमा फेला परेको थियो ।
राहत र उद्धार कार्यका लागि सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स र राजस्व टोलीहरू घटनास्थलमा पुगेको बताईको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय