भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण

काठमाडौं, वैशाख २६ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच बढ्दो तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै आवश्यक व्यवस्था मिलाउन र त्यहाँ बसोबास गर्ने सबै नेपालीको सुरक्षा र उत्पन्न हुन सक्ने सम्भावित समस्याहरूप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
शुक्रबारको प्रतिनिधि सभा सदन बैठकमा दक्षिण एसियाली दुई देशहरूबीच बढ्दो तनावकाबीच भारत र पाकिस्तानमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुरक्षा र कल्याणमा सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सांसदहरूले अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल सरकारलाई कारबाही गर्न आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय