रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा

काठमाडौं, वैशाख, २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा तोकिएको पेशी, न्यायाधीश हुनुअघि पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको हो ।
लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेशी आजका लागि तोकिएको थियो । यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय