Kath Khabar
संयम अपनाउन गरेको आह्वानले भारत-पाकिस्तान द्वन्द्व रोक्न मद्दत गरेको प्रधानमन्त्रीको दाबी

                      काठमाडौं, वैशाख, २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेपछि छिमेकी देश भारत र पाकिस्तानबीच सम्भावित सैन्य द्वन्द्व टरेको बताएका छन् ।

आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहको विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्ति र अहिंसाका उपदेश आजको विश्वमा अझै सान्दर्भिक रहेको बताए । सोही प्रसंगमा उनले दक्षिण एशियाली छिमेकी मुलुकहरूबीचको ताजा तनावलाई स्मरण गर्दै संयमताका लागि धन्यवाद प्रकट गरे।

"केही दिन अघि मात्र भारत र पाकिस्तानबीच झन्डै द्वन्द्व भएको थियो, तनाव र टकराव बढ्दै गयो,” प्रधानमन्त्री ओलीले भने। भाग्यवश, परिस्थिति पूर्ण युद्धमा परिणत भएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि नै आग्रह गर्‍यौँ । तनावले विस्तार नपाओस्, लडाइँ नहोस्। शान्तिप्रति परिपक्वता र प्रतिबद्धता देखाएकोमा हामी दुवै पक्षप्रति आभारी छौं । "

 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update