Kath Khabar
१५ घण्टापछि पुनः सञ्चालनमा आयो बीपी राजमार्ग

                      काठमाडौं, वैशाख ३० । साेमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग १५ घण्टापछि पुनः सञ्चालनमा आएको छ । 

बाढीका कारण रोशी गाउँपालिका–११ स्थित माम्टीमा रहेको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । बाढीले डाइभर्सन बगाएपछि सोमबार राति ९ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो ।

साना सवारीसाधनहरू जस्तै मोटरसाइकलहरू हालै निर्माण गरिएको नयाँ डाइभर्सनमार्फत सञ्चालनमा आइसकेको काभ्रेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठूला सवारीसाधनहरूलाई पनि क्रमशः आवतजावत गर्न दिइँदैछ । सडक अवरुद्ध रहँदा काठमाडौंबाट पूर्वतर्फ जाने सवारीहरू भकुण्डेमा रोकिएका थिए भने पश्चिमतर्फ काठमाडौं आउँदै गरेका सवारीहरू सिन्धुलीमा रोकिएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update