Kath Khabar
भारतको अमृतसरमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु

                      पञ्जाब, वैशाख ३० । पञ्जाबको अमृतसर जिल्लाको मजीठा क्षेत्रमा विषादीयुक्त रक्सी सेवन गर्दा १४ जनाको मृत्यु भएको छ ।

घटनामा घाइते भएका ६ जना अस्पतालमा उपचाररत छन् । विषादीयुक्त रक्सीको घटनाले पाँच गाउँहरूमा त्रास फैलिएको छ । नक्कली रक्सी सेवनका कारण मानिसहरूको मृत्यु हुन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएकाे छ  ।

"हाल पनि छापा मार्ने कार्य जारी रहेको छ । छिट्टै रक्सी बनाउनेहरूलाई पनि नियन्त्रणमा लिइनेछ । नागरिक प्रशासन र हामी घर–घर पुगेर यो रक्सी कस–कसले पिएको छ भनेर पत्ता लगाइरहेका छौं, ताकि थप मानिसहरूको ज्यान जोगाउन सकियोस् । यो घटना ५ वटा गाउँहरूमा भएको हो", एक प्रहरीले बताए ।

 उक्त क्षेत्रमा रक्सी आपूर्ति गर्ने मुख्य सप्लायर, वितरण कारोबारमा संलग्न मुख्य व्यक्ति सहित रक्सी किनेर गाउँहरूमा आपूर्ति गर्ने ४ अन्य अभियुक्तहरू पनि पक्राउ परेको प्रहरीले बताएको छ।  पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update