काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा, एक जनाको मृत्यु
काठमाडौं, वैशाख ३१ । काठमाडौंको मखनटोलमा ठुलो आगलागी भएको छ । आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२४ स्थित मखन टोलमा ग्यास चुहावट हुँदा आगलागी भएको हो ।
बुधबार बिहान ६ः४५ बजेदेखि सुरु भएको आगो झन्डै डेढ घन्टापछि अहिले नियन्त्रणमा आएको छ । मृतक महिलाको शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगो निभाउन जुद्धवारूणको दुइवटा दमकल, नेपाली सेनाको एउटा, रामहिटी, ललितपुर महानगर र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०८२ १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय