मखनटोलको आगलागीमा मृत्यु भएकी महिलाको परिचय खुल्यो

काठमाडौं, वैशाख ३१ । काठमाडौं महानगरपालिका वडा नम्बर- २४ स्थित मखन टोलमा आज बिहान भएको आगलागीमा परी मृत्यु हुने महिलाको परिचय खुलेको छ ।
प्रहरीका अनुसार आगलागीमा काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको मृत्यु भएको हो ।
मखनटोलको सुरज आर्केड पछाडि रहेको माटो र काठले बनेको दुई घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको थियो । बुधबार बिहान ६ः४५ बजेदेखि सुरु भएको आगो झन्डै डेढ घन्टापछि नियन्त्रणमा आएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०८२ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय