काठमाडौं, जेठ १ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सतुंगलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ५ः३० बजे चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा विद्युत सर्ट भइ आगलागी भएको हो ।
आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायरहरूमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगो निभाउन चन्द्रागिरी नगरपालिकाको दमकल, नेपाली सेना विपद गणबाट एउटा, नेपाल आयल निगम थानकोटबाट एउटा, जुद्द बारूणयन्त्रबाट दुई वटा र ललितपुर महानगरपालिकाबाट एउटा गरी ६ वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । यस्तै ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाली सेना पनि आगलागी नियन्त्रणमा परिचालन भएका थिए ।
अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट १० वटा सटरहरूमा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।