Kath Khabar
भ्रष्टाचार मुद्दा दर्ता भएपछि मोहन बस्नेतकाे सांसद पद स्वतः निलम्बनमा


                              काठमाडौं, जेठ १ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । बस्नेतलाई विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि प्रतिनिधि सभा सदस्य पदबाट स्वतः निलम्बन गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अब उनी संघीय संसद् भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन् । उनको तलब भत्ता पनि रोकिनेछ । बस्नेत २०७९ को संसदीय चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update