नौसेनाको तालिम जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो
                        
                        
                                                
                                                    
                                १९ जना घाइते, ४ जनाकाे अवस्था गम्भीर
                            
                                            
                                                                    वाशिंगटन, जेठ ४ । मेक्सिकन नेभीको एउटा जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्किएको छ । शनिबार २७७ जना यात्रु बोकेको नौसेनाको तालिम जहाज ईस्ट रिभर हुँदै जाँदै गर्दा पुलको तल्लो भागमा ठोक्किएको हो । स्थानीय सञ्चार माध्यमहरूका अनुसार कुल १९ जना घाइते भएका छन्, जसमा ४ जना गम्भीर अवस्थामा छन् ।
मेक्सिकन नौसेनाका अनुसार, "कुआउटेमोक" (Cuauhtémoc) एक प्रशिक्षण जहाज हो । यो करिब २९७ फिट लामो र ४० फिट चौडा छ । यसलाई पहिलोपटक सन् १९८२ मा सञ्चालनमा ल्याइएको थियो । हरेक वर्ष यो जहाज नेभल मिलिटरी स्कूलका क्याडेटहरूलाई अन्तिम प्रशिक्षण दिनको लागि प्रस्थान गर्छ ।
दुर्घटनापछि ब्रुकलिन ब्रिज केही समयका लागि बन्द गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:५२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
