Kath Khabar
रवि लामिछाने र छबिलाल जोशीको हस्ताक्षर नभएपछि स्थगित भयो सुनुवाइ

                       काठमाडौं, जेठ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीले दायर गरेका निवेदनहरू आइतबार फेरि एक पटक स्थगित भएका छन् । 

लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित गरिएको हो । यी दुबैले सुप्रिम सहकारी ठगी मुद्दा प्रकरणमा तुलसीपुर उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलाशले पेशीको जानकारी नहुनुको कारण खुलाउन कारागार कार्यालयलाई पत्र लेख्न आदेश दिएको छ ।कारागार प्रशासनले आइतबार उच्च अदालतलाई औपचारिक रूपमा जानकारी दिँदै दुवै अभियुक्तहरूले अदालतको नोटिस बुझेको प्रमाण नदिएका हुन्।

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update