Kath Khabar
इन्जिनमा समस्या आएपछि समिट एयरको जहाज आपतकालीन अवतरण

                           काठमाडौं, जेठ ५ ।  काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं विमानस्थलमै फर्किएको छ।

सोमबार बिहान ६ः१२ बजे सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको ट्विनअटर विमान उडानको बीचमा प्राविधिक समस्या आएपछि चालक दलले सुरक्षित रूपमा आपतकालीन अवतरण गराएका हुन् ।

विमानस्थलका प्रवक्ता रिन्जिन शेर्पाका अनुसार इन्जिनसँग सम्बन्धित समस्या पत्ता लागेपछि बिहान ७:२४ बजे विमान सुरक्षित रूपमा अवतरण गरिएको थियो।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update