ओलीप्रति बालेनको आक्रोश : सरी ! तपाईको भ्रष्ट सिस्टमलाई समर्थन गर्दिन
काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीलाई जोगाएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको भ्रष्ट सिस्टमलाई सपोर्ट गर्न नसक्ने बताएका छन् ।
उनले लेखेका छन्– ‘
जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ,
त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?
Sorry KP Oli , I dont Support Your Corrupt System
सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा बालेन नगएपछि प्रधानमन्त्री ओलीले अब फेरि पनि उनी नआए नाम काट्न भनेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ २२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय