प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण प्रतिनिधिसभा बैठककाे प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओली स्वास्थ्यका कारण आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसकेपछि प्रधानमन्त्रीसँगको निर्धारित प्रश्नोत्तर सत्र कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ अनुसार, प्रधानमन्त्री ओलीले आजको सत्रमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूचि रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय