Kath Khabar
नयाँ गभर्नरमा प्रा. डा. विश्व पौडेल बन्ने निश्चित

                              काठमाडौं, जेठ ६ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा. डा. विश्व पौडेल बन्ने निश्चित भएको छ । सत्तारूढ दलहरू–नेपाली कांग्रेस र नेकपा एमाले–बीच पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति जुटेको हो।

आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रा. पौडेललाई सिफारिस गर्न गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् ।

डा. पौडेल नेपाली कांग्रेस निकट व्यक्तिका रूपमा चिनिन्छन् । पौडेलको नाम देउवाले दिएपछि साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि गभर्नर सिफारिस समितिमा सदस्य थिए ।

यसबीचमा, उप-गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कार्यवाहक गभर्नरको जिम्मेवारी दिएका थिए । नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ गते देखि रिक्त थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update