
काठमाडौं, जेठ ६ । सरकारले नेपाल राष्ट्र बैंकको प्रा डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । यो सँगै राष्ट्र बैंकको नेतृत्वमा देखिएको अन्यौलता अन्त्य भएको छ ।
मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा पठाएको थियो । ति मध्ये प्रा. डा. विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम समावेश थियो। तीमध्ये पहिलो प्राथमिकतामा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गरेको हो।
अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् पौडेलको प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, र आर्थिक इतिहासमा विशेषज्ञता रहेको छ ।