नागढुंगा- नौबिसे सडकखण्ड १६ दिन दैनिक साढे चार घण्टा बन्द रहने

काठमाडौं, जेठ ७ । नागढुंगा–नौबिसे खण्ड आगामी जेठ ११ गतेदेखि जेठ २५ गतेसम्म दैनिक साढे चार घण्टाका लागि बन्द गरिने भएको छ।
निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि नागढुंगा–पिपलामोड सडक आयोजनाको प्रस्तावअनुसार दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बन्द गरिने भएको हाे ।
सडक बन्द हुने अवधिमा सबै यात्रुहरू तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायहरूले अनुरोध गरेका छन् । उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिने सार्वजनिक सूचनामा जारी गरिएको छ ।
सडक बन्दको समयमा यात्रुहरूलाई धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी मार्गहरू प्रयोग गर्न सल्लाह दिइएको छ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय