Kath Khabar
नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

                         काठमाडौं, जेठ ७ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै बालुवाटारस्थित नेपाल राष्ट्र बैंक पुगेर पौडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए ।

पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update