Kath Khabar
गभर्नर पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर

                             काठमाडौं, जेठ ९ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत राजनीतिक स्वार्थका आधारमा गैर कानुनी रूपमा गभर्नर नियुक्त गरिएको दाबी गर्दै शुक्रबार रिट दायर गरेका हुन् । नेपाल राष्ट्र बैंकको गर्भनर हुनका लागि योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको छ ।

यसअघि, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई गत जेठ ६ मा मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update