तनहुँ, जेठ ११ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा पुलबाट मादी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।
शनिबार करिव ११ः३० दमौलीबाट चापाघाट जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलको रेलिङ भत्किएर नदीमा खसेको हो । उक्त दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा व्यास नगरपालिका-५ का ३५ वर्षीय प्रवीण थापा मगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेको प्रहरीले जनाएको छ । दमौली अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइते रौनियारलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले बताएको छ।
शुक्रबार राति भएको दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको कालीभञ्जन बटालियन, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।