Kath Khabar
बालेन साहले सोधे महानगरका प्रवक्ता नविन मानन्धरलाई स्पष्टीकरण

                          काठमाडौं, जेठ ११ ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगरका प्रवक्ता नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै १७ नम्बरका वडाध्यक्ष समेत रहेका मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।

कर्मचारी विवादले काठमाडौं महानगरपालिकाको बजेट अनिश्चिततामा पारेको छ । मेयर साहले आगामी आर्थिक वर्षमा शहरले कस्ता प्रकारका कार्यक्रमहरू लागू गर्नुपर्छ भन्ने बारेमा प्रतिक्रियाको लागि जनतासँग सम्पर्क गरेका छन् ।

आफूलाई मिडियामा मेयरविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको मानन्धर बताउँछन् । उनलाई ७ दिनभित्रमा चित्तबुझदो प्रष्टीकरण दिन भनिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update