बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही

भक्तपुर, जेठ ११ । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर कारागार पुर्याउने रोशनी शाही मृत फेला परेकी छिन् ।
आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा उनी मृत फेला परेकी हुन् । जाजरकोट स्थायी घर भई सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने रोशनी भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ । शाहीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय