Kath Khabar
कारागारबाट छुटे अफताव आलम
File Photo

                        काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताव आलम नख्खु कारागारबाट रिहा भएका छन् । बुधबार उच्च अदालत अस्थायी इजलास वीरगन्जले रौतहट जिल्ला अदालतको जन्मकैद फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो ।

आज न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको हो। रौतहट नरसंहारको आरोपमा उनी थुनामा थिए ।

इँट्टा भट्ठामा हालेर मान्छेलाई जिउँदै जलाएको कसूरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको हो ।  रिहाइपछि आलम नख्खु कारागारबाट छुटेका हुन्। रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम विस्फोट भएपछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update