प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं, जेठ २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। आइतबार एकछिन बैठक बसेर सोमबार दिउँसोसम्मका लागि स्थगित गरिएको थियो ।
आजको बैठकमा प्रतिनिधिसभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई सातादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय