Kath Khabar

                     काठमाडौं, जेठ २६ । प्रतिनिधि सभाको बैठकमा आज पुनः अवरोध भएको छ । तोकिएको समय भन्दा डेढ घन्टा ढिलो गरी सुरू भएको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन् । यसपछि बैठक आधा घण्टापछि बस्नेगरी स्थगित भएको छ ।

 दिउँसो २ बजेका लागि बोलाइएको बैठक डेढ घन्टा ढिलो सुरू भएको थियो । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले जेठ १४ देखि संसद् अवरूद्ध गर्दै आएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update