Kath Khabar
सिप मेलामा सहभागी हुन मेयर बालेन साहकाे आग्रह

                         काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिका मेयर बालेन साहले महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरेको सिप मेलामा सहभागी हुन आग्रह गरेका छन् । मंंगलबार सामाजिक संञ्जाल मार्फत तालिमबारे जानकारी दिंदै सिपको अवसर उपयोग गर्न उनले आग्रह गरेका हुन् ।

काठमाडौ महानगर सिप मेला २०८२ । 
रोजगारको लागि सिप  ।
उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरु सिप मेलाका कक्षाहरुमा मिहनेत गरेर सिप सिकिरहनुभएको छ ।  
काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र  आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको हो । गएको आर्थिक  वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको छ । यसअन्तर्गत १५ हजार व्यक्तिलाई  सिपमूलक तालिम दिइनेछ । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा  आवद्ध गराउने लक्ष्य राखिएको छ ।  
सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत सिप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने  मेलाको लक्ष्य हो । १० वटा विधामा ३७ वटा पेशासँग सम्बन्धित तालिम पूर्ण निःशुल्क हुन् । 
मेलामा आइसीटी क्षेत्रका ७ वटा पेशा, श्रृङ्गार अर्थात् ब्युटिसियनसँग सम्बन्धित ५ वटा पेशाका  तालिम चलिरहेका छन् । यस्तै विशेष क्षमता सहयोगी तालिम हाउसकिपिङ (पीडब्लुडी) र डाउन  सिन्ड्रोम, अटिजमका सहजकर्ताका लागि केयर सर्भिस गरेर २ वटा विधाका तालिम चलेका छन् ।  इलेक्ट्रिक्सतर्फ ल्यापटप रिपेयर टेक्निसियन, एसी र रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ र मोबाइल रिपेयरिङ गरी ४ वटा विधाका तालिम चलेका छन्। गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन  डिजाइनिङ गरी २ विधाका तालिम चलेका छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ र वेल्डिङ  गरी ३ विधाका तालिम चलेका छन्।  
हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी ४ विधा, अटोमोबाइल्समा इलेक्ट्रिक  भेइकल (ईभी) मेन्टेनेन्स, हलुका सवारी साधन उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने  मोटरसाइकल तथा स्कूटर मर्मत गरी ३ विधाका तालिम चलेका छन् । आर्ट एण्ड स्कल्प्चरमा  थाङ्का र सेरामिक्स (टेराकोटा) गरी २ विधासँग सम्बन्धित तालिम छन्।  
मेलामा ज्योतिष र पुरोहित सम्बन्धी, कृषितर्फ फूलको सजावट (फ्लावर डेकोरेसन) र स्टक मार्केट  सम्बन्धी तालिम चलिरहेका छन्।  
सम्भव भएसम्म न्यारेसनमा भनिएका विधा देखाउने । सम्बन्धित विधा देखाउन नसकिएका  ठाउँमा वाइड सट र एम्बिएसन सटको प्रयोग गर्ने   
तालिम सञ्चालन गर्न सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य  गरिएको छ ।  
दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले  आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिनुभएको छ । यसमा ६ हजार ५२२ जना  महिला, ८ हजार २०८ जना पुरुष र १८ जना एलजीबीटीआईक्यूहुनु हुन्छ ।  
तालिमका लागि सबैभन्दा धेरै आवेदन बारिस्ता, डिजिटल मार्केटिङ र ब्युटिसियन पेशाका लागि  प्राप्त भएका छन्। जसमध्ये २ हजार ५४८ जनालाई छनोट गरेर तालिममा सहभागी गराइएको छ  ।  
तालिम हरेक दिन ३ सिफ्टमा सञ्चालन हुन्छ । विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ ।  ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ ।  एउटा कक्षामा २५ जनालाई राखिएको छ ।  
हरेक प्रशिक्षार्थीलेले १ सय घण्टाको तालिम प्राप्त गर्नुहुनेछ । मेलाको अन्त्यमा रोजगार मेला आयोजना गरेर आफूले सिप सिकेको क्षेत्रसँग सम्बन्धित निजी, उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रका  व्यक्तित्वहरुसँग अन्तरक्रियात्मक छलफल गराउने योजना छ । तालिमपछि उहाँहरुलाई अन द वब  ट्रेनिङ्, स्वरोजगारका लागि सहयोग उपलब्ध गराइनेछ ।  
निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरुलाई रोजगार मेलाको अवलोकन गर्न र सीभी राइटिङ्, अन्तर्वार्ता दिने सिप विकास जस्ता १ दिनमै सिप सिक्न सकिने तालिममा सहभागी हुन चाहने  व्यक्तित्वहरुका लागि काठमाडौँ महानगरपालिका हार्दिक स्वागत गर्दछ । तालिम अवधिमा यहाँहरु आउन सक्नुहुनेछ ।  
धन्यवाद

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update