टोखामा गोली चल्याे,  दुई भारतिय नागरिक घाइते
                        
                        
                                                
                                            
                    काठमाडौं, जेठ २७ । टोखामा प्रहरीको गोली प्रहारबाट दुई भारतिय नागरिक घाइते भएका छन् । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको प्रहरीले जनाएको छ ।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।
नेपाल प्रहरीका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:४८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
