Kath Khabar
प्रतिनिधिसभा बैठक भाेलीसम्मका लागि स्थगित

                     काठमाडौं, जेठ २८ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । अपराह्न ४ बजे बसेको बैठकमा विपक्षी दलहरूको अवरोधका कारणकार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

बैठक सञ्चालन गर्नासाथ  विपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नाराबाजी गरेका थिए ।  चर्को नारवाजी भएपछि बिहीबार दिउँसो ३ बजे बस्ने गरी सभामुखले बैठक स्थगित गरेका हुन् । 

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update