
काठमाडौं, जेठ २९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व नेतृत्व चयनका लागि मतदान प्रक्रिया आजदेखि सुरु भएको छ । नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरिया अध्यक्ष पदका लागि मुख्य दावेदार हुन् ।
पहिलो पटक २४ औं राष्ट्रिय अधिवेशनमा विद्युतीय प्रणाली मार्फत मतदान भइरहेको छ । बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान अपराह्न ४:०० बजेसम्म जारी रहनेछ । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।
खुला उपाध्यक्ष पदको दौडमा पाँच जना उम्मेदवारहरू विकास श्रेष्ठ, राजकुमार ढकाल, भरत सिंह धामी, धर्मेन्द्र केसी र गणेश बहादुर शाही छन् । महिला उपाध्यक्ष पदका लागि सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई प्रतिस्पर्धामा छन् । महासचिव पदका लागि आरके रोमेश, दीपक धामी र सुनिल कँडेल प्रतिस्पर्धामा छन् ।